भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

रासायनिक खतरा

 
 

रासायनिक जोखिम

रासायनिक तत्त्वहरू विषालु बाफ, एरोसोल, तरल तथा ठोस पदार्थहरू हुन् जसको मानिस, पशु-प्राणीका साथै वनस्पतिमा विषाक्त प्रभाव पर्ने गर्दछ। यसलाई विस्फोटक बमद्वारा वा हवाई जहाज, नाऊ अनि वाहनहरूको माध्यमद्वारा पनि छर्न सकिन्छ। मानवका साथै पर्यावरणमा जोखिम उत्पन्न गर्न यसलाई तरल पदार्थको रूपमा पनि प्रयोग गर्नसकिन्छ। केही रासायनिक तत्त्व गन्ध र स्वादहीन हुने गर्दछ। यसको तत्काल प्रभाव (केही सेकेण्डदेखि केही मिनटभित्र) वा विलम्बित प्रभाव (2 देखि 48 घण्टासम्म) हुने गर्दछ। सम्भावित रूपमा घातक भए तापनि रासायनिक तत्त्व घातक परिमाणमा आपूर्ति गर्न गाह्रो प्रदछ। खुल्ला वातावरणमा यो तुरुन्तै उडेर बिलाउने गर्दछ। यसका साथै रासायनिक पदार्थ उत्पादन गर्न पनि कठिन पर्दछ।

रासायनिक आक्रमण कुनै चेतावनीबिना आउनसक्दछ। रसायन छोडिएको वा छरिएको कुरा मानिसहरूले सास फेर्न गाह्रो पर्ने, आँखा पोल्ने अनि चिलाउने, शरीरको तालमेल राख्न गाह्रो पर्ने वा रिङ्गटा लाग्ने, वा नाक, गला अनि छात्ती पोल्ने जस्ता कुराले थाहा पाउन सकिन्छ। यसका साथै धेरै कीरा अनि चरा-चुरूङ्गी मरेको कुराले पनि पत्तो लगाउन सकिन्छ।

 रासायनिक खतरा अघि

 रासायनिक खतराको निम्ति कसरी तयार रहने :

 

·         आपातकालीन सामग्रीहरू जस्तै नसड्ने-नगल्ने खाना, पानी, ब्याट्रीले चल्ने वा हातले चल्ने रेडियो, टर्चलाइट र ब्याट्री सामेल रहेको झोला/थैलो तयार राख्नुपर्नेछ। यसमा :

·          एक रोल डक्ट टेप र कैंची,

·         शरण लिने ठाउँमा झ्याल-ढोका अनि हावादानीको निम्ति प्लास्टिक। आपातकालीन स्थितिमा समय बचाउन प्लास्टिकको दुवै छेउ काटेर खुल्ला राख्नु उचित ठहरिनेछ।

·         परिवारको निम्ति आपातकालीन योजना बनाउनुहोस् : आपदा आइपरेको समय परिवारका सबै सदस्य एकै ठाउँ नहुनसक्छ, यसैले एक-अर्कालाई कसरी सम्पर्क गर्ने, कसरी सबैजना भेला हुने र आपातकालीन स्थितिमा के गर्ने भन्ने विषयमा जानी राख्नु महत्त्वपूर्ण ठहर्दछ।

·         परिवारका सदस्यहरू नजिकको छिमेकमा वा अरू कुनै ठाउँ कहाँ भेट्ने अनि भेला हुने भन्ने तय गर्नुपर्दछ।

·         शहरभित्रै वरिपरीभन्दा टाढा कतै फोन गर्न सजिलो अनि सुगम हुने हुँदा छुट्टिएका परिवारका सदस्यहरूले एक-अर्कालाई सम्पर्क गर्न शहरदेखि बाहिरको कुनै सम्पर्क निधो गरिराख्न उचित ठहरिनेछ।

·         परिवारले समय बिताउने ठाउँ, काम गर्ने ठाउँ, शिशु सदन वा स्कूलमा आपातकालीन योजनाबारे पनि जान्नबुझ्न आवश्यक हुन्छ। यदि कुनै योजना नभए, त्यस्तो योजना बनाउन स्वयंलाई अघि सार्ने विषयमा विचार गर्नुहोस्।

·         समुदायको चेतावनी प्रणाली र आपदा योजनाबारे जान्न-बुझ्न आवश्यक ठहरिनेछ।

·         आफ्नो योजनाबारे नानी हेर्ने अनि सुसारेलाई अवगत गराउनुहोस्।

·         घरमा पालिएका जनावरहरूको निम्ति योजना बनाउनुहोस्।

·         शरण लिन, सबैभन्दा अग्लो ठाउँमा झ्याल नभएको कमरा रोज्नुहोस्।

 

रासायनिक खतराको समय

 

रासायनिक आक्रमणको समय के गर्ने :

 

·         प्रभावित इलाका वा रसायन फैलिन थालेको ठाउँ सम्भव भएसम्म खुट्याउने कोशिश तुरुन्तै गर्नुहोस्।

·         त्यहाँबाट अरू कुनै ठाउँ जान तत्काल कदम चाल्नुहोस्।

·         यदि रसायन घरभित्रबाट फैलिँदैछ भने, दूषित ठाउँलाई सम्भव भएसम्म टाढा छोड्दै बाहिर निक्लिने कोशिश गर्नुहोस्।

·         यदि रसायन आक्रमणको सङ्केत पाइने ठाउँलाई टाढा छोड्दै घरबाट निक्लिन नसके वा सफा हावा पाउन गाह्रो परे, सम्भव भएसम्म टाढा रहँदै शरण लिनु उचित ठहरिनेछ।

 

 

 

यदि घर वा कार्यालय भवनभित्रै बस्न निर्देश भए :

 

·         झ्याल-ढोकाका साथै हावादानी अनि आगो बाल्ने भट्टी, वातानुकूलन, हावादानी र पङ्खा बन्द गर्नुहोस्। 

·         सबैभन्दा भित्रको कमरामा शरण लिँदै साथमा आपातकालीन सामग्रीको झोला साथमा लिएर जानुहोस्।

·         कमरालाई प्लास्टिक र डक्ट टेपको माध्यमद्वारा हावा नछिर्ने बनाउनुहोस्।

·         प्राधिकारीहरूबाट हुने आदेश रेडियोको माध्यमद्वारा सुन्नुहोस्।

 

दूषित क्षेत्र वा नजिक फसे :

 

·         हावाको विपरीत दिशामा टाढासम्म तुरुन्तै जाने काम गर्नुहोस्।

·         सम्भव भए तुरुन्तै शरण लिने ठाउँ खोज्नुहोस्।

·         यदि घर बाहिर भए, तुरुन्तै सफा हावा पाउने ठाउँ कता छ भन्ने खोज्नुहोस्। त्यस ठाउँबाट निक्लिने वा नजिकको कुनै बिल्डिङमा गएर शरण लिने भन्नेबारे निर्णय लिनुहोस्।

 

रासायनिक खतरापछि

 

स्वास्थ्यमा असर कम्ति गर्न रसायनको प्रभावमा आएको केही क्षणमै विसन्दूषण अर्थात् शुद्धिकरण आवश्यक पर्दछ। अधिकारीहरूले सुरक्षित रहेको घोषित नगरेसम्म आफ्नो शरणको स्थान छोडी अरूलाई सहायता गर्न बाहिर निक्लिने काम नगर्नुहोस्।

रासायनिक तत्त्वद्वारा प्रभावित व्यक्तिलाई तुरुन्तै पेशेवर चिकित्सकको सहायता आवश्यक पर्दछ। यदि यस्तो सुविधा तत्काल उपलब्ध नभए, स्वयंलाई विसन्दूषित बनाउँदै अरूलाई पनि विषको असरबाट बाहिरिन सहयोग गर्नुहोस्।

 

विसन्दूषणका लागि दिशानिर्देश निम्न प्रकार छन् :

 

·         रासायनिक तत्त्वद्वारा प्रभावित अरूलाई सहायता गर्नअघि सचेतनापूर्वक कदम चाल्नुहोस्।

·         शरीरमा लगाइएका सम्पूर्ण कपडा खोल्नुहोस्। दूषित कपडा टाउको छिराएर निकाल्नुपर्ने स्थिति भए, आँखा, नाक अनि मुख विषाक्त पदार्थको सम्पर्कमा आउनबाट जोगिन त्यसलाई काटेर निकाल्नु नै उत्तम ठहरिनेछ। दूषित कपडा अनि अन्य वस्तुलाई प्लास्टिकको थैलोमा पोको पारी मुख बन्द गर्नुपर्दछ। साबुन पानीले हात राम्ररी धोएर आफूलाई दूषणमुक्त बनाउनुपर्दछ। आँखामा लगाइएको चश्मा वा कन्ट्याक्ट लेन्स खोलेर एउटा बटुकामा हाली घरमा चलाइने ब्लीचद्वारा शुद्धिकरण गरी झड्कालेर सुकाउनु पर्दछ।

·         आँखामा पानी छ्याप्नु पर्दछ।

·         पानीले राम्ररी धुनअघि अनुहार अनि केश साबुन पानीले हल्का गरी धुनु पर्दछ।

·         दूषित भएजस्तो लाग्ने शरीरको अन्य भागलाई पनि विदूषित बनाउनुपर्दछ। साबुन पानीमा भिजाइएको नरम कपडाले हल्का पुछपाछ (दल्नु वा खोस्रिनु भएन) गर्नुपर्दछ।

·         सफा कपडा फेर्नुहोस्। दराज वा बाकसमा राखिएका कपडाहरू दूषित नहुन सक्छ।

·         पेशेवर उपचारका साथै जाँचबुझका लागि चिकित्सा सुविधा अर्थात् अस्पताल जानु पर्दछ।

 
Click to Open CSS Pop Up