भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

प्रशिक्षण एवं कार्य सिंहावलोकन

 
 

तालिम तथा कामको पर्यावलोकन

भूइँचालोरोधी विधिबारे अभियन्ता, नगर नियोजक, वास्तुकारहरूको तालिम

संरचनागत सुरक्षा तथा बलवर्धनको सन्दर्भमा भूइँचालोरोधी विधि विषयमा अभियन्ता तथा वास्तुकारहरूको दुईदिने तालिम 2 र 3 मार्च, 2010 को दिन देउरालीस्थित वन विभागको सम्मेलन कक्षमा आयोजन गरिएको थियो। राज्यको विभिन्न भागबाट 67 जना अभियन्ता, नगर नियोजक तथा वास्तुकारले यस तालिम एवं कार्यशालामा भाग लिएका थिए। एनआइडीएमका प्रो. डा. चन्दन घोष कार्यक्रममा स्रोतवक्ता रहेका थिए। तालिम कार्यक्रमको उद्घाटन राहत आयुक्त एवं सचिव, एलआरडीएमडीद्वारा गरिएको थियो।

 

अभियन्ता, वास्तुकार, सरकारी अधिकारी तथा मिस्त्रीहरूको तालिम

 

बलवर्धन, संरचनागत सुरक्षा तथा सुरक्षित निर्माण विधिबारे 13 देखि 17 जुलाई, 2010 को दिन जिल्ला प्रशासनिक केन्द्रमा पाँच दिने तालिम वं कार्यशाला आयोजन गरिएको थियो। तालिम कार्यशालामा कूल 50 जना पेशेवर अभियन्ता, निजी वास्तुकार, सरकारी मिस्त्रीका साथमा अन्य अधिकारीले सहभागिता जनाएका थिए।

तालिम कार्यक्रममा, विभिन्न निर्माणाधीन स्थलको स्थलगत दौडाहा गराउँदै प्रतिभागीहरूलाई विभिन्न निर्माण विधिबारे व्यावहारिक जानकारी गराइएको थियो। तालिम कार्यशालाका लागि समन्वयक एवं स्रोतवक्ता एनआइडीएमका प्रो. डा. चन्दन घोष रहेका थिए।

 

शीर्ष अधिकारीहरूको निम्ति अभिमुखीकरण तथा तालिम

 

सबै सम्बन्धित विभागका शीर्ष अधिकारीहरूको निम्ति अभिमुखीकरण तथा तालिम कार्यक्रम एनआइएस अकाटदमी, होटल मयुरमा 8 जून, 2010 को दिन विशेष रूपमा सम्बन्धित विभागको एसओपी र डीएम योजना तयारीको सन्दर्भमा आयोजन गरिएको थियो। कार्यक्रममा जम्मा 37 जना शीर्ष अधिकारीले भाग लिएका थिए।

 

परियोजना अधिकारी तथा प्रशिक्षण अधिकारीहरूको अभिमुखीकरण एवं प्रशिक्षण

 

नियुक्ति भएपछि लगत्तै एसएसडीएमएका परियोजना अधिकारीहरूका साथै प्रशिक्षक अधिकारीहरूलाई आपदा प्रबन्धनको विभिन्न बुँदाबारे अभिमुख गराइएको थियो। उनीहरूलाई एसएसडीएमएको मार्गचित्रबारे जानकारी गराउनका साथै विशेष गरी जिल्ला स्तरमा परियोजना ग्रहण गर्ने परियोजना अधिकारीहरूलाई उनीहरूको दायित्त्वबारे अवगत गराइएको थियो।

 

सुरक्षित निर्माण विधिबारे तालिम

 

सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको सहयोगमा एसआइआरडीद्वारा राज्य ग्रामीण प्रबन्धन तथा विकास विभागका एपीओहरूको (निर्माण अभियन्ता) निम्ति सुरक्षित निर्माण विधिको सम्बन्धमा 20 नोभेम्बरको दिन, जोरथाङको कार्फेक्टारस्थित एसआइआरडी परिसरमा आयोजन गरियो। तालिमको अवधिमा संरचनागत सुरक्षा, बलवर्धनको परिप्रेक्ष्यमा भूइँचालोरोधी भवन निर्माणको सम्बन्धमा जानकारी प्रदान गरिएको थियो। कूल 50 जना सहायक कार्यक्रम अधिकारी, निर्माण अभियन्ता तथा प्राविधिक सहायकले कार्यक्रममा सहभागिता जनाएका थिए। स्रोतवक्ताका रूपमा एसएसडीएमएका परियोजना अधिकारीहरू थिए।

 

विकास नियोजनमा डीआरआरको सुप्रवाहिकरणको सम्बन्धमा जिल्ला स्तरीय पक्षपोषण कार्यशाला

 

विकास नियोजनमा डीआरआरको सुप्रवाहिकरणको सम्बन्धमा दुईदिने कार्यशाला 18 र 19 नोभेम्बरको दिन दक्षिण सिक्किमको कामराङस्थित नाम्ची डिग्री कलेजमा पक्षपोषण कार्यशाला आयोजन गरियो। जिल्लापालका साथमा जिल्ला अधिकारी, प्रधान आचार्य, प्रोफेसर, सहायक प्रोफेसर, कलेजका विद्यार्थीहरू लगायत स्कूलका शिक्षकहरूले कार्यशालामा सहभागिता जनाए। कार्यशालामा 500 भन्दा धेरै सहभागी बनेका थिए। यस अवसरमा विकास नियोजनमा डीआरआरको सुप्रवाहिकरणको पक्षपोषण विषयमा प्रकाश पारिएको थियो।

स्रोतवक्ताहरूमा एसएसडीएमएका परियोजना अधिकारी, अग्निशमन अधिकारी, डीपीओ तथा नाम्चीका टीओ रहेका थिए। कार्यशालाको उद्घाटन दक्षिण जिल्लाका जिल्लापालद्वारा गरिएको थियो। कार्यक्रमको अन्त्यमा अभ्यास कार्य आयोजन गरिएको थियो, जसपलाई अग्निशमन सेवा, नाम्चीद्वारा सहयोग पुऱ्याइएको थियो।

 

गान्तोक, पूर्व सिक्किममा तालिम एवं कार्यशाला

 

मुख्य नगरपालिका अधिकारी, मेयर, उप-मेयर, पार्षद्हरूको निम्ति 12 अक्टोबर, 2010 को दिन तालिम एवं कार्यशाला आयोजन गरियो। अधिकारीहरूलाई आपदा प्रबन्धनका विभिन्न बुँदाबारे अवगत गराइएको थियो। कार्यक्रमका समन्वयक आपातकालीन विशेषज्ञ, भारत सरकार-युएनडीपी, राज्य परियोजना अधाकरी, डीपीओ तथा एसएसडीएमएका एचआर कर्मचारीहरू रहेका थिए।

 

डीआरआर कार्यक्रमबारे एनजीओहरूको क्षमता विकास कार्यशाला 

 

डीआरआरबारे एनजीओ र सीबीओको क्षमता विकास

डीआरआरको विकास प्रक्रियामा सक्रिय सहभागिता प्रोत्साहित गर्न डीआरआर विषयमा एनजीओ र सीबीओहरूको क्षमता विकास कार्यक्रम 29 सेप्टेम्बर, 2010 को दिन आयोजन गरिएको थियो। यसका साथै दुईवटा कार्यशाला पूर्व र उत्तर जिल्लाको क्रमशः राले र बाक्चामा आयोजन गरिएको थियो। कूल 45 जना एनजीओ/प्रतिनिधिले कार्यशालामा भाग लिएका थिए। एसएसडीएमएका परियोजना अधिकारीहरू माथि उल्लेखित कार्यक्रमका समन्वयक थिए।

 

डी आर आर बारे पञ्चायतीराज संस्थानको क्षमता विकास

 

डीआरआरबारे पञ्चायतीराज संस्थानको निम्ति दुईदिने क्षमता विकास कार्यशाला आयोजन गरियो। कार्यशाला, गान्तोकको जिल्ला प्रशासनिक केन्द्रमा 17 र 18 अगस्तको दिन सम्पन्न गरिएको थियो। कार्यशालामा जिल्ला अध्यक्षको अध्यक्षतामा उपाध्यक्षलगायत 41 जना पञ्चायतद्वारा सहभागिता जनाइएको थियो।

 
Click to Open CSS Pop Up