भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share

योजनाहरूको तयारी

 
 

योजनाको तयारी :

विविध खतराको जोखिम प्रबन्धन योजना आपदा प्रबन्धनको अध्यायमा प्रमुख घटक मानिन्छ, जहाँ मानिसहरूले गाउँमा चिन्हित संसाधन, जोखिम, आश्र्य तथा सङ्कटको सूक्ष्म विवरण प्राप्त गर्नसक्दछन्। योजना गाउँदेखि राज्य स्तरमा शुरु हुँदै खूबै होशियारीका साथ दस्तावेजीकरण गरी आपदाको समय उपयोग गरिन्छ। गाउँले स्तरमा योजनाहरू प्रशिक्षित स्वयंसेवी, स्थानीय भद्रगण, स्कूलका शिक्षकहरू, पञ्चायतीराज संस्थानका सदस्यलगायत गाउँले स्तरीय अधिकारीहरूद्वारा समुदाय आधारित आपदा तकनिकीको आधारमा तयार गरिन्छ भने त्यस्ता योजनालाई ग्रामसभाद्वारा अनुमोदन गरी एउटा प्रतिलिपि जिल्लाधिकारीलाई पनि बुझाउने गरिन्छ।

योजनामा गाउँको जानकारीका साथमा जनसाङ्ख्यिकी विवरण सामेल रहने गर्दछ भने आपदाको समय गाउँको स्वरूप हेरी सोहीअनुरूप राहत एवं उद्धार कार्य उपलब्ध गराउन सकिन्छ। योजनामा आपदा प्रबन्धन कमिटी र टोली पनि हुने गर्दछ र उनीहरूको कर्तव्य योजनाको अद्यतन गर्नु, गाउँमा गठित टोलीलाई तालिम प्रदान गर्नु र अभ्यास कार्य आयोजन गर्नु हुने गर्दछ। उच्च स्तर जस्तै ग्राम पञ्चायत, खण्ड, महकुमा, जिल्ला र राज्य स्तरमा यस प्रकारको कार्य सम्पन्न गरिन्छ। आपदा प्रबन्धन योजनामा आपदाको समय तत्काल तथा प्रभावी कार्य परिचालनको निम्ति उपयोगमा ल्याउन सकिने गाउँको सबै सूचनाका साथमा मानचित्र पनि सामेल रहेको हुँदछ।

राज्य आपदा प्रबन्धन प्राधिकरणद्वारा तर्जुमा गरिएको राज्य आपदा प्रबन्धन योजना बहुमूल्य दस्तावेज हो जहाँ सङ्कट एवं जोखिमको मूल्याङ्कन मानचित्रण, सङ्कट जोखिम मूल्याङ्कन तथा असुरक्षितता मानचित्र सामेल गरिएका छन्। योजनामा पूर्व चेतावनी तथा प्रसार प्रणाली, रोकथाम एवं न्यूनिकरण योजना तथा संसाधनको वस्तु सूची पनि सामेल छ। परिघटना नेतृत्त्व प्रणाली तथा आपातकालीन परिचालन प्रणाली दुई महत्त्व अध्याय हुन्, जहाँ सम्बन्धित विभागका साथमा हितधारकहरूको भूमिका र दायित्त्व प्रकाश पारिएका छन्। कुनै पनि आपदाको समय आपातकालीन परिचालन केन्द्र सक्रिय बन्दै घटनाको निगरानी गर्नका साथै नियमित जानकारी मुख्य सचिव तथा मुख्यमन्त्रीलाई दिने गर्दछ। राज्य आपदा प्रबन्धन प्राधिकरणद्वारा तयार राज्य आपदा प्रबन्धन योजना आपदाअघि अनि आपदापछि उल्लेख गरिने दस्तावेज हो।

 

18 सेप्टेम्बर, 2015 को दिन लोकार्पण गरिएको सिक्किम राज्य आपदा प्रबन्धन योजना हेर्न यहाँ क्लिक गर्नुहोस् www.ssdma.nic.in

 
Click to Open CSS Pop Up