Chairman - SSDMA
Shree. Prem Singh Golay
Chief Minister of Sikkim
Government of Sikkim
Minister - LR&DMD, SSDMA
Shree. Kunga Nima Lepcha
Minister LR&DMD, SSDMA
Government of Sikkim
Vice Chairman - SSDMA
Prof. V.K. Sharma
Vice Chairman SSDMA

आपदा प्रबन्धन सङ्गठन

 
राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण (एनडीएमए)
गृह मामिला मन्त्रालय (आपदा प्रबन्धन प्रभाग) एनडीएमए
राष्ट्रिय आपदा मोचन बल – जीवन रक्षा एवं पर
राष्ट्रिय आपदा प्रबन्धन संस्थान
 

Alert

 
भूइँचालो प्रतिवेदन
 
मौसमबारे जानकारी
 
 
 
 
जीआइएस मानचित्र
 
 
SSDMA Facebook Share
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणबारे (एसएसडीएमए)
 

भू-राजस्व विभाग मुख्यतः राज्यको राजस्व प्रशासनसित सम्बन्धित छ, जसअन्तर्गत सर्वेक्षण एवं चकबन्दी परिचालन, भूमि अभिलेखहरूको अनुरक्षण एवं अद्यतनका साथमा राज्यमा भूमि ऐन कार्यान्वयन सामेल छन्। भू-राजस्व एवं आपदा प्रबन्धन विभागको नयाँ नामका साथ, सबै स्तरमा आपदा प्रबन्धनको दिशामा राहत केन्द्रित अनुक्रियादेखि लिएर आपदाको निम्ति तयारी, न्यूनिकरण एवं रोकथामको परिप्रेक्ष्यमा व्यापक परिवर्तन आएको छ। आपदा प्रबन्धन ऐन, 2005 अधिनियमित भएसँगै राज्य अनि जिल्ला स्तरमा आपदा प्रबन्धनको संस्थानिकरणमाथि बढी जोड दिइएको छ।

सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) सिक्किम सरकारको अङ्ग हुनका साथै आपदाको रोकथाम, न्यूनिकरण, तयारी तथा प्रबन्धनको दिशामा नियोजन, समन्वयन तथा निगरानीको निम्ति शीर्ष संस्था पनि हो। राष्ट्रिय प्राधिकरणद्वारा तर्जुमा गरिएको दिशानिर्देशअनुरूप आपदा प्रबन्धन योजनाको अनुमोदन गर्नका साथै त्यसको कार्यान्वयनलाई पनि समन्वित प्राधिकरणले गर्ने गर्दछ। दिशानिर्देश प्रदान गर्नका साथै सरकारद्वारा न्यूनिकरण, क्षमता विकास तथा तयारीको निम्ति गरिएका उपायहरूको समीक्षा गरी आवश्यकता अनुसार दिशानिर्देश पनि जारी गर्दछ। न्यूनिकरणका साथै तयारीका उपायहरूको निम्ति धनरासिको प्रावधान पनि एसएसडीएमएले सिफारिश गर्दछ।

 
 
महिनाको सुझाउ: के गर्ने अनि के नगर्ने पैह्रो आउँदा
 
Do's and Don'ts of Landslides

    पैह्रो के हो?

    पैह्रो शब्दावलीले गुरुत्त्वाकर्षणको कारण ढुङ्गा-माटो अनि ढिस्कना झर्ने वा सोहोरिने प्रक्रिया बुझिन्छ, जुन बर्खाको समय उग्र बन्ने गर्दछ।

    के कारणले पैह्रो खस्दछ?

    पैह्रो खस्नुको विभिन्न कारण रहने गर्दछ। प्रायः इलाकालाई बाधित पार्ने मानव गतिविधिको कारण पैह्रो खस्ने गर्दछ। यसका अतिरिक्त ज्वालामुखी विस्फोट, भूइँचालो अनि समुद्री लहरले पनि पैह्रो झार्ने गर्दछ।

    तथापि, पैह्रोलाई दुई श्रेणीमा वर्गिकरण गर्नसकिन्छ :

     प्राकृतिक कारण

      मानवजनित कारण

    प्राकृतिक कारण

     अविराम वर्षाले भूमिगत पानीकतो स्तर बढाउनका साथै माटो खकुलो पार्दै सम्बन्धित वस्तुको भार बढाउनुको कारणले,

      नदी, जलाशय आदिमा पानीको स्तर घट्नुको कारणले,

      भीरालो ठाउँमा अविराम पानी बग्नुको कारण भू-क्षयले,

     नदीको मुख इलाकामा थेग्रिला वस्तुहरू थुप्रिनाले,

      चट्टानहरू सड्नाले,

      ज्वारभाटाको कारण पानीको स्तर घट-बढ हुनाले।

      भूइँचालोको समय जमीनमा कम्पन सिर्जना हुनाले,

      ज्वालामुखी गतिविधिको कारणले।

    मानवजनित कारण

      समुचित अभियान्त्रिकी कौशलबिना निर्माण कार्य गर्नाले,

     खेती विधिको कारणले,

     वन फँडानीका साथै रुख-पात मास्नाले।

    पैह्रोका परिणाम

    प्रत्यक्ष हानि

     ज्यानमालको क्षति : पैह्रोको कारण मानवका साथै पशु-प्राणीको मृत्यु हुनका साथै घाइते हुन पुग्दछन्। पैह्रो सोहोरिएर आउँदा ढुङ्गा-माटोको थाकमुनि मानिसहरूका साथै पशु-प्राणी पनि पुरिन पुग्दछन्।

     सम्पत्तिको क्षति : ढुङ्गा-माटो सोहोरिएर बग्दा त्यसको बाटोमा पर्ने घर-बिल्डिङका साथमा अन्य सम्पत्तिहरू ध्वस्त बन्नपुग्दछ।

     पूर्वाधार तथा जीवनदायिनी सुविधाहरूको क्षति : पैह्रोले सडक, रेल, पुल, दूरसञ्चारका साथै विद्युत आपूर्तिका पूर्वाधारहरू अवरोधित वा क्षतिग्रस्त पार्ने गर्दछ।

     संसाधनको क्षति : पैह्रोलेल इलाकामा नदीलाई अवरोधित गर्नका साथै जल प्रवाहको पथान्तरण गरी, कुलो-नालाहरू अवरोधित गरी, ट्याङ्की अनि जलाशयको भण्डारण क्षमता आदि घटाउँदै जल संसाधनलाई प्रभावित पार्ने गर्दछ।

     खेतीयोग्य जमीनको क्षति : उब्जनी हुने जमीन जस्तै धान खेत तथा अन्य बाली रोपिएका बारीहरू ढुङ्गा-माटो थुप्रिएर अथवा नष्ट पार्नका साथै आउजाउ गर्ने बाटो अवरोधित बनाउने गर्दछ।

      सांस्कृतिक महत्त्वका स्थानहरूलाई क्षति।

     

    परोक्ष क्षति

     कृषि वा वनभूमिको उत्पादकतामा क्षति : जमीन पुरिनाले अथवा आउ-जाउ गर्ने बाटो अवरोधित बन्नाले।

     सम्पत्तिको मूल्यमा गिरावट : आपदा आइरहनुको कारण मानिसहरूद्वारा त्यस्ता ठाउँमा सम्पत्ति खरिद गर्न अनिच्छुक बन्नुको कारण।

     राजस्व क्षति : उब्जनी, ढुवानीको समस्या आदिको कारण क्षति।

     लागत वृद्धि : भविष्यमा पैह्रोद्वारा क्षतिको रोकथाम वा न्यूनिकरणमाथि लगानी गर्नुको कारण।

      पानीको गुणस्तरमा प्रतिकूल प्रभाव : पानीको मुहान/स्रोत दूषित बन्नुको कारण।

     मानव उत्पादनशीलताको क्षति : मृत्यु वा घाइते बन्नुको कारण।

     जीवनको गुणस्तरमा गिरावट : परिवारका सदस्यको मृत्यु तथा व्यक्तिगत सर-सामानहरू विध्वस्त बन्नुको कारण।

      भावनात्मक सुख-सयलमाथि प्रभाव।

     

    के गर्ने अनि के नगर्ने

    अघि

      रेडियो, टेलिभिजन आदिमा भारी वर्षाबारे मौसम पूर्वानुमान सुन्ने।

     असामान्य सङ्केत वा लक्ष्णहरू जस्तै भीर-पाखामा चिरा पर्ने, धाँजा बढ्दै जाने जस्ता कुरामाथि विचार गर्नुपर्दछ।

     त्यस्ता सङ्केतहरू देखिए बूढा-पाकालाई जानकारी गराउनुपर्दछ।

     मूसलधारे पानी परेको राति जागो बस्दै सुरक्षित ठाउँतिर सर्न तयार रहनुपर्दछ।

      जमीनबाट आउने असामान्य आवाज तथा चट्टान धस्किएको, जमीन सोहोरिएको वा रुखहरू भाँचिएको आवाज विचार गर्नुपर्दछ। त्यो पैह्रो सोहोरिन थालेको आवाज हुनसक्दछ।

      सुरक्षित पिउने पानीको व्यवस्था गर्नुपर्दछ (ढकनीसहित)

      प्राथमिक उपचारको सर-सामान तयार राख्नुपर्दछ।

    आपदाको समय

      • यदि ठाउँ खाली गर्नुपरे, तुरुन्तै गर्नुपर्दछ। आफ्नो सामान बटुल्ने कोशिशसम्म गर्नुभएन कारण पैह्रो कुनै पनि समय झर्न वा धस्किन सक्दछ।
      • यदि ढुङ्गा खस्दै गरेको देखिए, रुख वा ठोस वस्तुको पछाडि आड लाग्नु पर्दछ।
      • जमीनमा कम्पनको परिणामस्वरूप झर्ने पैह्रोले भीरालो ठाउँहरूमा धेरै मात्रामा ढुङ्गा-माटो बगाउने गर्दछ। यसो हुँदा ठाउँ खाली गर्न अनुरोध गरिए भीर परेको ठाउँतिर नजानुहोस्, केही अग्लो ठाउँ खोजी त्यता जानुहोस्।
      • यदि भाग्न सम्भव नभए, कतै शरण लिई डल्लो परी टाउको जोगाउनुहोस्।

    पछि

     याद राख्नुहोस् : ढिस्कना झरेको ठाउँ ठूलो पैह्रो बन्नसक्दछ। होसियार बस्दै सुरक्षित ठाउँमा जानुहोस्।

      सहायता चाहिएका मानिसलाई मद्दत गर्नुहोस्।

     आपातकालीन कल गर्न मात्र टेलिफोन उपयोग गर्नुहोस्।

      ताजा-ताजा थुप्रिएका ढुङ्गा-माटोतिर नजानुहोस्। त्यहाँ भासिन वा अझ पैह्रो धस्किन सक्दछ।

     

 
 
NEWS AND EVENT UPDATES
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Click to Open CSS Pop Up